शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गण्डकी प्रदेश : लुम्बिनी प्रकरण दोहोरिने त्रासले सांसदहरुलाई रिसोर्टमा राखियो


  • मंगलबार, बैशाख १४ २०७८
10.3K
SHARES

फाइल तस्बिर

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई मंगलबारदेखि रिसोर्टमा राखेका हुन् । केही दिनअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा सहभागी गराएपछि झस्किएका दलहरु गण्डकी प्रदेशमा पनि त्यस्तो अवस्था नदोहोरियोस् भनेर आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् ।

यद्यपि, गण्डकी प्रदेशसभा सदस्य दिपक कोइरालाले सबै एकै ठाउँमा बसौं भन्ने लागेर सांसदहरु रिसोर्टमा बसेको बताए । ‘आन्तरिक छफफलका लागि सबै सँगै बसौं भन्ने लागेर एकै ठाउँमा बसेको हो,’ उनले भने, ‘प्रदेशसभामा प्रचुर बहुमत पुर्याउनेबारे आन्तरिक छलफल गर्न एकै ठाउँमा बसिएको हो ।’

काँग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा एकैठाउँ बसेका छन् भने जसपा नेपालकाका सांसद छुट्टै बसेका छन् ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतले पारित हुने दावी गरे । मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा ४ पार्टीले एकढिक्का भएर मतदान गर्ने उनको भनाइ छ । उनले अविश्वासको प्रस्तावको पक्षमा ३२÷३३ मत पुग्ने दावीसमेत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा