शनिबार, साउन ३० २०८३
ताजा अपडेट

धरान उपमहानगरपालिकाका परीक्षा स्थगित


  • मंगलबार, बैशाख १४ २०७८
8.8K
SHARES

फाइल तस्बिर

धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने भनेका सबै परीक्षाहरु तत्कालका लागि स्थगित भएका छन् ।

उपमहानगरले सोमाबार विज्ञप्ति जारी गर्दै ५ देखि माथिका कक्षाहरुका मुख्य विषयहरुको परीक्षा आजदेखि सञ्चालन गर्ने जानकारी दिएको थियो ।

सोमबार साँझ बसेको मन्त्री परिषद्को वैठकले देशभरका विद्यालयमा भौतिक पठनपाठन र पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपछि उपमहानगरले पनि परीक्षा स्थगित गरेको उपमहागरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले बताए ।

उनले भने,‘मन्त्रीपरिषद्ले निर्णय गरेपछि हामीले पनि लिने भनेको सबै परीक्षा तत्कालको लागि बन्द गर्ने निर्णय गरेको छौँ ।’

मंगलबार उपमहानगरले विज्ञप्ती जारी गर्दै आजदेखि सञ्चालन गर्ने भनिएको कक्षा ८ लगायतको अन्य सबै कक्षाका वार्षिक परीक्षाहरु अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरिएको जनाएको छ ।

विज्ञप्ति मार्फत उपमहानगरले सबै विद्यालयले भर्चुअल तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाईलाई जारी राख्न पनि निर्देशन दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा