शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

नयाँ सिजनको तयारी : कोम्यानको योजना!!


  • मंगलबार, बैशाख १४ २०७८
10.8K
SHARES

फाइल तस्बिर

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आगामी समर सिजनमा नयाँ ढंगले टोली पुनर्निर्माण गर्ने तयारी गरेको छ । नयाँ अध्यक्ष जोआन लापोर्टाले हाल टोलीमा रहेका केही खेलाडी बेचेर केही नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी गरेका छन् ।

मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नयाँ सिजनका लागि को–को खेलाडी सुरक्षित छन् रु बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले यस विषयमा रिपोर्ट छापेको छ । यदि बार्सिलोनाले आगामी समर सिजनमा थुप्रै खेलाडी बेचे पनि प्रशिक्षक कोम्यानको योजनाका केही यस्ता खेलाडी छन्, जो बेच्न वा लोनमा सरुवाका लागि उपलब्ध छैनन् । हाल सिनियर टोलीमा रहेका मध्ये कम्तीमा १० जना खेलाडी सबैभन्दा सुरक्षित रहेका छन् ।

यी खेलाडी नयाँ सिजनमा कोम्यानको योजनाका मुख्य खम्बा नै हुनेछन् । जसमा कप्तान तथा प्रमुख खेलाडी खेलाडी लिओनल मेस्सी, गोलकिपर मार्क आन्द्रे टर स्टेगेन सबैभन्दा प्रमुख खेलाडी हुन् । कोम्यानका लागि नयाँ सिजनमा यी दुई खेलाडी टोलीका मेरुदण्ड नै हुनेछन्, यदि मेस्सीले क्लब नछाडे । मेस्सीले यो सिजन सकिएपछि क्लब छाड्न सक्ने सम्भावना अझै पनि छ । यता, दोस्रो रोजाइका गोलकिपर नेटोलाई क्लबले बेच्ने तयारी गरेको छ । उनको स्थानमा टिम ‘बी’का गोलकिपरलाई सिनियर टोलीमा बढुवा गरिनेछ ।

यता, रक्षापंक्तिमा युवा डिफेन्डरमाथि कोम्यानले अति नै विश्वास देखाएका छन् । ती खेलाडीले पछिल्लो समय निकै शानदार खेलिरहेका छन् । जसमा सर्जिनो डेस्ट, रोनाल्ड अराउजो र ओस्कार मिङ्गुएजा सरुवाको सूचीमा छैनन् । यी ३ जनै खेलाडी नयाँ सिजनमा कोम्यानको टोलीमा सबैभन्दा सुरक्षित छन् । यी ३ जनै खेलाडी यो सिजन कोम्यानको टोलीमा रक्षापंक्ति सम्हाल्ने प्रमुख सदस्य हुन् ।

रक्षापंक्तिमा कोम्यानको योजनामा प्राथमिकतामा नरहेका वा क्लबले बेच्न सक्ने खेलाडीमा क्लेमेट लेङलेट, जुनियर फिर्पो, सामुएल उम्टिटी रहेका छन् । लामो समयदेखि टोलीमा रहेका र एकेडेमीबाट आएका सर्जी रोवेर्टो, जेरार्ड पिके र जोर्डी अल्बासहितका खेलाडी टोलीमै रहनेछन् । तर, आगामी सिजन अल्बाबाहेक अन्य खेलाडी मुख्य योजनामा पर्नेछैनन् ।

त्यसैगरी, मिडफिल्डमा यो सिजन शानदार प्रदर्शन गरेका खेलाडीदेखि दोस्रो रोजाइका केही खेलाडीलाई समेत कोम्यानले नयाँ सिजनका लागि आफ्नो योजनामा सुरक्षित राखेका छन् । जसमा फ्रेन्की डे जोङ र सर्जियो बुस्केट्स सबैभन्दा सुरक्षित खेलाडी हुन् भने युवा खेलाडीद्वय रिकी पुच र इलाइक्स मोरिबा पनि कोम्यानको योजनामा रहनेछन् ।

तर, हाल घाइते रहेका रहेका फिलिपे कोउटिन्हो बेचिने खेलाडीको सूचीमा प्राथमिकतामा रहेका छन् । त्यसैगरी, मिरालेम पियानिच पनि बेचिन सक्ने खेलाडीको सूचीमा छन् । नयाँ सिजनका लागि बार्सिलोनाले एक प्रभावकारी मिडफिल्डर भित्रयाउन चाहेको छ ।

यता, फ्रन्ट लाइनबाट मेस्सीबाहेक अन्सु फाती, पेड्री र एन्टोनी ग्रीजम्यान सबैभन्दा सुरक्षित रहेका छन् । बेचिने खेलाडीको सूचीको प्राथमिकतामा मार्टिन ब्रेथवेट पहिलो नम्बरमा छन् । आकर्षक अफरमा बालिोनाले फ्रेन्च विंगर उसामान डेम्बेले र युवा खेलाडी फ्रान्सिस्को ट्रिनकाओलाई बेच्ने खेलाडीको सूचीमा राखेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा