शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

डेम्बेलेलाई सस्तै मूल्यमा बेच्न बार्सिलोना तयार, नयाँ गन्तव्य कहाँ ?


  • मंगलबार, बैशाख १४ २०७८
11.3K
SHARES

स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना फ्रेन्च विंगर उसामान डेम्बेलेलाई बेच्ने विकल्प खुला गरेको छ । स्पेनिस मिडिया रिपोर्टअनुसार क्लब २३ वर्षीय खेलाडीको सम्झौता सकिनुअघि नै उनलाई बेचेर केही पैसा बटुल्ने पक्षमा देखिएको छ ।

सरुवा बजारका चर्चाअनुसार डेम्बेलेलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले भित्र्याउन चासो देखाउको छ । बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, महँगो मूल्यका खेलाडी सुरुआती दुई सिजन लगातार घाइते भए । उनले मैदानभन्दा बढी हस्पिटल र बेडमा सुतेरै समय बिताए । जसका कारण उनको सरुवा बार्सिलोनाका लागि ठूलो घाटा बनेको थियो ।

तर, यो सिजन भने उनले राम्रो गरिरहेका छन् । र, उनी घाइते हुनेक्रम पनि घटेको छ । जारी सिजन डेम्बेलेले टिमलाई राम्रै गरी योगदान दिइरहेका छन् । तर, बार्सिलोनाले नयाँ सिजनका लागि नयाँ ढंगले टोली बनाउने योजना बनाएकाले त्यस योजनामा उनी नपर्ने देखिएको छ । चर्चित पत्रिका ‘स्पोर्ट’ले बार्सिलोनामा डेम्बेलेको भविष्य अनिश्चित बन्दै गएको जनाएको छ । बार्सिलोनाले आगामी समर योजनालाई ध्यानमा राख्दै डेम्बेलेलाई सकेसम्म राम्रो मूल्यमा बेच्न तयार भएको बुझिएको छ ।

रिपोर्टअनुसार बार्सिलोनाले डेम्बेलेका लागि ५० मिलियन युरोसम्मको अफर स्वीकार्न तयार छ । ‘ट्रान्सफर मार्केट’का अनुसार अहिले डेम्बेलेको मार्केट भ्यालु पनि ५० मिलयन युरो नै छ । यदि युनाइटेडबाट डेम्बेलेका लागि औपचारिक अफर आएँ बार्सिलोना छलफलका लागि खुला हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा