आईपीएलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा आइतबार राति ११ जनलाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार अनलाइनमार्फत सट्टेबाजीमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले अघिल्ला वर्षहरुमा पनि यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।