शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीमा मनमोहनको जस्तो गुण पटक्कै छैन : नेपाल


  • सोमबार, बैशाख १३ २०७८
14.9K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा मनमोहनको जस्तो गुण नभएको आरोप लगाएका छन् ।
नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा उनले शालीन र बौद्धिक व्यक्तित्व मनमोहन अधिकारीले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण गरेका छन् ।

नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन् ।

उनले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्नु पर्ने समय रहेको भन्दै यस्तो अपिल गरेका हुन् ।

‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु’, उनले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा