शनिबार, साउन ९ २०८३
ताजा अपडेट

इडिभीको रिजल्ट आज, कसरी हेर्ने ?


  • मंगलबार, बैशाख २४ २०७६
23.7K
SHARES

डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ ।

गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

नतिजा dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा