शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

फुटबल इतिहासका सर्वोत्कृष्ट–५० खेलाडीको सूची प्रकाशित : को कति नम्बरमा छ ?


  • सोमबार, बैशाख १३ २०७८
15.6K
SHARES

विश्व फुटबल जगतको सबैभन्दा महान् र सर्वोत्कृष्ट खेलाडी को होला ? यो विवाद ब्राजिलका लिजेन्ड पेले, अर्जेन्टिनाका दिवंगत लिजेन्डेरी डिएगो म्याराडोनादेखि यो समयका चीर प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीको नाममा हरेकका आ–आफ्नै तर्क र छनौट रहँदै आएका छन् । यद्यपि, धेरैले ब्राजिलका पेले र अर्जेन्टिनाका म्याराडोनालाई सबैभन्दा उच्च स्थानमा राखेर मान्छन् भने रोनाल्डो र मेस्सीलाई अर्को श्रेणीमा ।

त्यसो त रोनाल्डो र मेस्सीका समर्थकले त रोनाल्डो र मेस्सी दुवैलाई इतिहासकै महान् र सर्वोत्कृष्ट खेलाडीका रूपमा दाबी गर्ने गरेका छन् । वास्तवमा इतिहासकै सर्वश्रेष्ठ खेलाडी चाहिँ को होला ? यो मापन गर्ने कुनै मेसिन वा प्रविधि बनेको छैन । तर, खाली विभिन्न सर्वेक्षण र रिपोर्टहरूले आ–आफ्ना दाबी पेश गर्न गरेका छन् भने खेलाडीका व्यक्तिगत सफलता र तथ्यांकका आधारमा यस विषयमा आ–आफ्ना धारण बनाउन र निचोड दिन सकिन्छ ।

फुटबलको विश्वप्रख्यात वेबसाइट ‘९० मिनेट डटकम’ले हालसालै फुटबल इतिहासका सश्रेष्ठ खेलाडीको सूची निकालेको छ । सो संस्थाले विश्वभरबाट आफ्नो पाठक तथा फुटबल फ्यानहरूका भोट अनलाइनमार्फत लिएर यस्तो नतिजा र सूची निकालेको हो ।
टप–५० सूची तल हेरौं

५०. लुका मोड्रिच
४९. जोन चाल्र्स
४८. रोवर्ट लेवान्डोस्की
४७. जाइरजिन्हो
४६. ओमार सिभोरी
४५. पाउलो रोसी
४४. पौल ब्रिएटनर
४३. जोर्ज वे
४२. काका
४१. लेभ यासिन
४०. गुन्नर नोरडाह
३९. सान्डोर कोक्सिस
३८. केभिन किगन
३७. रिस्टो स्टोइकभ
३६. जियानलुइजी बुफोन
३५. जोहान निक्सेन्स
३४. जाभी हर्नान्डेज
३३. लुइस स्वारेज
३२. कार्ल–हेइन्ज रमेन्जी
३१. आन्द्रे इनिएस्टा
३०. रिभेलिन्हो
२९. बबी मुरे
२८. सोक्रेट्स
२७. लोथर माथुस
२६. रोनाल्डिन्हो
२५. रुद गुलिट
२४. बबी चाल्र्टन
२३. गिसेप्पे मेज्जा
२२. रेमन्ड कोपा
२१. रोमारियो
२०. युसेवियो
१९. मार्को भान वास्टेन
१८. जर्ज वेस्ट
१७. जेको
१६. फ्रान्को बारेसी
१५. फेरेन्स पुस्कास
१४. पाउलो माल्दिनी
१३. गर्ड मुलर
१२. माने गारिन्चा
११. अल्फ्रेडो डे स्टेफेनो
१०. रोवर्टो बाजियो
९. मिचेल प्लाटिनी
८. जिनेदान जिदान
७. क्रिस्टियानो रोनाल्डो
६. रोनाल्डो
५. जोहान क्रुएफ
४. फ्रान्क बेकमवर्ग
३. लिओनल मेस्सी
२. पेले
१. डिएगो म्याराडोना


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा