शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

ओटीटी मै सलमानको राधे


  • सोमबार, बैशाख १३ २०७८
19.8K
SHARES

फाइल तस्बिर

कोरोना दोस्रो लहरले बलिउड पूर्ण रुपमा प्रभावित भएको छ । साना तथा ठूला फिल्मको रिलिज मिति सर्न थालेपछि निर्माताहरु निकै चिन्तित बनेका छन् ।बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’लाई लिएर एक नयाँ समाचार सार्वजनिक भएको छ ।

एबीपीलाइभमा प्रकाशित समाचारअनुसार गत वर्ष कोरोना भाइरसको महामारीका कारण ईदमा रिलिज हुन नपाएको आफ्नो फिल्मलाई थिएटरमा रिलिज गर्नका लागि सलमानले नयाँ बाटो रोजेका छन् ।

अब यो फिल्म थिएटरसँगै ओटीटी प्लेटफर्म र सबै डीटीएच प्लेटफममा रिलिज हुनेछ । फिल्मको ओटीटी राइट्स जी५सँग छ । तर यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुनु अघि थिएटरमा रिलिज हुने सलमानले अडान लिँदै आएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा