नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस ।
नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यस वर्ष औपचारिक कार्यक्रम राखिएको छैन् ।
स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएका छन् ।
‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्’– उपप्रधानमन्त्री पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको उल्लेख गर्दै पोखरेलले भनेका छन् – ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।