सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू आन्दोलित


  • आइतबार, बैशाख १२ २०७८
7.6K
SHARES

फाईल तस्बिर

अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाइदिने सरकारको आश्वसन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू आन्दोलित भएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी प्राविधिकहरूले सेवा प्रवेश गर्दा नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा उपलब्ध नगराइएको, प्रोत्साहनको लागि मापदण्ड नबनाइएको र यस अघि गरिएका सहमती कार्यान्वयन नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

यस अघि गत चैत्र ३० गते प्राधिकरणलाई दुई बुँदे माग राखि १२ दिने अल्टिमेटम दिएको भएपनि प्राधिकरणले मौनता साधेका कारण पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम घोषणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले बताए । इन्जिनियरहरूले बैशाख १३ र १४ गते कालोपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, वैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित भई पेन डाउन गर्ने र वैशाख १८ गते सम्पूर्ण प्राविधिकहरू औपचारिक कार्यक्रम मार्फत राजीनामा दिने कार्यक्रम घोषणा गरेका छन् ।

सम्बन्धित पक्षले वार्ताको आव्हान गरेमा अध्यक्ष अमरको संयोजकत्वमा ११ सदस्यीय वार्ता समिति गठन गरिएको पनि बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा