मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको छ, उपयुक्त समयमा कारबाही भएरै छाड्छ


  • आइतबार, बैशाख १२ २०७८
13.8K
SHARES

फाईल तस्बि

नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको र उपयुक्त समयमा कारबाही भएरै छाड्ने कुरा प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताएका छन ।

समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

उनले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्षमा निकालिएको उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए । यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा