क्याटलान क्लब बार्सिलोनाले नब निर्वाचित क्लब अध्यक्ष जान लापोर्टा माथि राखेको पहिलो विश्वास थियो उनले क्लबका प्रमुख खेलाडी लिओनेल मेस्सीलाइ बार्सिलोना मै स्थापित गर्ने छन् ।मेस्सी क्लबका प्रमुख खेलाडी मात्र नभई क्लबका कप्तान समेत हुन् तर उनलाई क्लब मै स्थापित गर्नका निम्ति क्लबसंग धेरै बाधाहरु छन् साथै उनको सम्झौता नवीकरण नै पहिलो बाधा बार्सिलोनामा खडा हुदै छ ।
क्लबसंगको सम्झौता यस सिजनको अन्यसम्म सकिदै छ, साथै हालसम्म लिओनेल मेस्सीले आफ्नो निर्णय क्लब सामु राखेका समेत छैनन् । लिओनेल मेस्सी र बार्सिलोनाका नव अध्यक्ष एक असल मित्रता बोकेका व्यक्तित्व रहेकै कारण मेस्सीको बहिर्गमन लापोर्टाले रोक्न सक्ने विश्वास राखिएको छ ।
हालै एक ईएसपिएन स्पोर्ट्सले तयार पारेको रिपोर्ट अनुसार बार्सिलोना मेस्सीसंग ३ बर्षे लामो सम्झौता गर्नका निम्ति लागिपरेको खुलासा भएको छ । उक्त रिपोर्टका अनुसार मेस्सी माथि बार्षिक ७५ मिलियन यूरो सहितको सम्झौता गर्ने तयारीमा बार्सिलोना रहेको बताइएको छ।
विश्व फुटबलमा कोरोना भाइरसको कहर कै कारण परेको प्रभाबले बार्सिलोनामा थुप्रिएको आर्थिक संकटले मेस्सीको सम्झौता नवीकरण गर्न क्लब असमर्थ देखिएको थियो ।बार्सिलोनाले आफ्ना धेरै खेलाडीको बहिर्गमन र नव खेलाडी माथि खर्च नगर्ने सिद्धान्त सहित मेस्सीलाई स्थापित गर्ने पहिलो योजना रहेचेको थियो । रिपोर्ट अनुसार क्लबले मेस्सीलाइ स्थपित गर्नका निम्ति सम्झौता गरे मेस्सी आउदो तिन बर्ष क्याम नोउ मै रहने छन् । ईएसपिएन को रिपोर्टसंगै बार्सिलोनामा मेस्सीको आगामी लामो बसाईको आशामा नयाँ आयाम थपेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।