बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

बालिका खड्का प्रकरण : एमाले पार्टी कार्यालमा भएको घटनाप्रति मुख्यमन्त्री राई पन्तीको आक्रोश


  • शुक्रबार, बैशाख १० २०७८
10.8K
SHARES

फाईल तस्बिर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको सुनियोजित चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।

बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमानको बारम्बार सुनियोजित रुपमा चरित्र हत्या गर्न खोजिए अब चुप लागेर नबस्ने बताएकी हुन् ।

नेकपा स्थापना दिवसको अवसर पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईमाथि बालिका खड्काले आक्रमणको प्रयास गरेकी थिइन्।

मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आक्रमणको प्रयास गरिन् । उनले तथानाम बोल्दै गाली गलोज गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही घटनालाई लिएर जाङ्मुले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामै स्टाटस लेख्दै आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन समेत सबैमा आग्रह गरेकी छिन् ।

उनले आफ्नो श्रीमान दोषी भए आँफै पनि कारबाहीमा उत्रिने बताउँदै लेखेकी छिन, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ।’

उनले आफ्ना पतिको राजनीतिकक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिबाद गर्ने भनेर श्रीमान चुप लागेर बसेको बताउँदै आफू अब चुप लागेर नबस्ने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा