शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

नेपालले मलेसियालाई ६९ रनले हरायो


  • बिहिबार, बैशाख ९ २०७८
11.1K
SHARES

फाईल तस्बिर

करण केसीको आक्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।

नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३-३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । करणले ४ ओभरमा २७ रन खर्चिए भने विकेट लिन सकेनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा