शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कांग्रेसले गर्‍यो प्रदेश २ को नाममा ‘मिथिला-भोजपुरा’ प्रस्ताव दर्ता


  • बिहिबार, बैशाख ९ २०७८
11.4K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला-भोजपुरा’ हुनुपर्ने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।
बिहीबार कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सचिव रंजितकुमार यादवले जानकारी दिए।

कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नामाकरण ‘मिथिला-भोजपुरा’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन्।

उनको प्रस्तावको प्रदेशसभा सदस्य मन्जु कुमारी यादव र प्रमिला देवी दासले समर्थन गरेकी हुन्।
त्यस्तै, राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै पार्टीका प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले प्रस्ताव दर्ता गराएका छन्।

उनको समर्थन प्रदेशसभा सदस्य नरेशकुमार यादव र वीरेन्द्र प्रसाद सिंहले गरेका छन्।

कांग्रेसले पछिल्लो पटक समेत प्रदेशको नाम ‘मिथिला-भोजपुरा’ र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराएका थिए।

यसअघि सत्तारूढ दल जनता सामाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले छुट्टाछुट्टै प्रदेशको नाम मधेश प्रदेश प्रस्ताव दर्ता गराएका छन्।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेशको नाम जानकी दर्ता गराइसकेको छ।

प्रदेशको राजधानी भने सत्तारूढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम नै दर्ता गराएका छन्।

पछिल्लो पटक समेत सबै दलले राजधानी जनकपुरधाममा समर्थन जनाए पनि निर्वाचनमा भने दुई तिहाइ पुग्न सकेको थिएन।

प्रदेशसभामा कूल १०७ सांसद रहेका छन् जसमा माओवादी केन्द्रले आफ्नो चार जना सांसदलाई पदमुक्त गरिसकेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा