शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

अलग पार्टी खोलेको भन्नु आपत्तिजनक एवं हास्यास्पद छ : नेपाल


  • बिहिबार, बैशाख ९ २०७८
12.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अलग पार्टी खोलेको भन्नु आपत्तिजनक एवं हास्यास्पद रहेको बताएका छन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफूले पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमवलीविरुद्ध भएका कामकारबाही सच्याउन मात्र माग गरेका बताएका छन् ।

उनले अघि लेखेका छन्, ‘मैले उठाएको आवाजलाई तपाईंले ‘आपराधिक’ देख्नु आफैंमा पार्टीविरुद्ध आपराधिक’ चिन्तन होइन र ? पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईले फागुन २८ गते गर्नुभएको पार्टी विधान विपरितको निर्णय रद्द गर्र्ने माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक एवं हास्यास्पद छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा