शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

महन्थ ठाकुरले आफूनिकट सांसदलाई छलफलमा बोलाए


  • बिहिबार, बैशाख ९ २०७८
18.8K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको भेला बोलाएका छन् ।

बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुको भेला बोलाई छलफल गरेका हुन् ।

अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा के भइरहेको छ भन्ने विषयमा ब्रिफिङ गरेको सहभागी एक सांसदले बताए ।

सत्ता सहकार्यका विषयमा जनता समाजवादी पार्टीभित्र अहिले दुई धार देखिएको छ ।

पूर्व समाजवादी पार्टी अर्थात अध्यक्ष उपेन्द्र यादव र संघीय परि‍षद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष नेकपा एमालेबाहेकका दलहरुसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा छ भने पूर्व राजपा अर्थात महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम छन् ।

गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीसमेत मिलेर मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ भने लुम्बिनी प्रदेशमा जसपाका ४ नेता मन्त्री नियुक्त भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा