नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ पठाएका छन् । चार पृष्ठ लामो जवाफमा पाण्डेले आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् ।
नवौं महाधिवेशनबाट पारित राजनैतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध मैले कुनैपनि क्रियाकलाप गर्ने भन्ने प्रश्नै उठ्दैन,’ स्पष्टीकरणको जवाफमा उल्लेख छ ।
तर, २८ फागुन र ७ चैतमा ओलीले गरेका निर्णय विधान विपरित भएकाले त्यसलाई सच्याउन लागिपरेको उनले उल्लेख गरेका छन् । यसैका आधारमा अलग पार्टी खोलेको अर्थ लगाउन नमिल्ने पनि पाण्डेको प्रष्टीकरण छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।