फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच आज पनि भेट हुने भएको छ।
बिहीबार दिउँसो २ बजेपछि होटल मेरियटमा भेट हुने माधव नेपाल पक्षमा एक सांसद एवम् केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए।
‘२ बजे पछि भेट हुने तयारी छ। आजको भेट पनि हिजोकै निरन्तरतमा हो,’ उनले भने।
हिजोको भेटमा एमाले वरिष्ठ नेता माधव नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए भने ओलीले भने गुटगत निर्णय नमान्ने बताएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।