नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । उनले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् ।
बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको छ । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन गर्ने तयारी छ । भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।