सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील


  • बिहिबार, बैशाख ९ २०७८
9.2K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपील गरेका हुन् ।

देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको प्रचण्डको भनाइ छ ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति–विसंगतिलाई किनारा लगाउने गरेको र ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृत्तिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेको उल्लेख गर्दै प्रचण्डले त्यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखापरेको जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी आन्तरिक जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिंदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामबद्ध गराउन सक्षम साबित भएको स्मरण पनि उनले गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा