नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी निर्णयको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा भएको निर्णयबारे जानकारी दिँदै नेता श्रेष्ठले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिनेभन्दा पनि अन्य दलसँग छलफल गरेर उपयुक्त समयमा फिर्ता लिइने समेत बताए ।
त्यस्तै बैठकले विधान संशोधनसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिएर केन्द्रीय कमिटीमा पेस गर्ने निर्णयसमेत गरेको छ ।
‘विधान संशोधन कार्यदलले संशोधित विधानको मस्यौदा बैठकमा राखेको थियो,’ नेता श्रेष्ठले भने, ‘त्यसमा आ-आफ्नो सुझाव राखिएको छ । सुझावसहित पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम रुप दिएर केन्द्रीय कमिटीमा एजेन्डाका रुपमा पेश गर्ने निर्णय भएको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।