शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

एकैदिन २३५१ जना कोरोना संक्रमित थपिए


  • बुधबार, बैशाख ८ २०७८
9.5K
SHARES

तस्विरः फाइल

बैशाख ८ । नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १०५१ जना थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जना थपिएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा