बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा अधिकतम १ हजार ३०० रुपैयाँले वृद्धि भई ९२ हजार रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य पनि बुधबार प्रति तोला १० रुपैयाँले वृद्धि भएको भएको छ । महासंघका अनुसार मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर प्रति तोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।