शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देशका धेरै स्थानमा वर्षाको सम्भावना


  • बुधबार, बैशाख ८ २०७८
8.2K
SHARES

आज देशका धेरैजसो स्थानमा मौमस बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार बिहानैदेखि देशभरका अधिकांश ठाउँमा घाम लागेको छैन। काठमाडौँ उपत्यकामा बिहानै छिटपुट पानी परेर अहिले रोकिएको छ।

‘आज दिनभर नै उपत्यकामा घाम लाग्ने सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘फेरि पानी पर्ने सम्भावना छ, तर हल्का मात्र।’

उनका अनुसार खासगरी आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि ठूलो वर्षा हुने सम्भावना छ। तर ठूलो भन्नाले भारी वर्षा होइन, मध्यम किसिमको।

मौसमविद् श्रेष्ठका अनुसार अहिले देशका धेरै स्थानमा तुवाँलो पनि लागेको छ। जसले वायु प्रदूषण बढाउँछ। ‘ठूलो वर्षा भए तुवाँलो हट्थ्यो,’ उनले भने, ‘हल्का वर्षाले त्यो हट्ने सम्भावना हुँदैन।’

आज हावाहुरीको सम्भावना भने कमै रहेको उनले बताए। तर अहिले प्रि-मनसुन भएकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना भने हुन्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा