नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नेता माधवकुमार नेपालसहित २७ जना सांसदले दिने भएका छन्।
अध्यक्ष ओलीले आज नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए।
उक्त स्पष्टीकरणको पत्र आएलगत्तै नेपाल पक्षका सांसद मंगलबार अपरान्ह बानेश्वरमा छलफलमा जुटेका थिए।
उक्त छलफलमा सहभागी नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरणको जवाफ दिने बताइन्।
व्यक्तिगत रूपमा नै चिठी काटेर स्पष्टीकरण सोधिएकोले जवाफ पनि व्यक्तिगत रूपमा नै दिइने उनले बताइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।