शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

काठमाण्डौको बौद्धमा बस पल्टियो, १८ जना घाइते


  • शुक्रबार, बैशाख २० २०७६
24.9K
SHARES

काठमाडौँ । काठमाण्डौको बौद्ध टुसालमा बस पल्टिँदा १८ जना घाइते भएका छन् ।

बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बीच सडकमै अनियन्त्रित भएर पल्टिएको हो । उनीहरुको ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा