शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

जिपी कलेजको विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न (भिडियो)


  • मंगलबार, बैशाख ७ २०७८
28.1K
SHARES

काठमाडौँ ।
चाबहिल, सिफलमा रहेको जिपी कोइराला मेमोरियल (सामुदायिक) क्याम्पसले विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


आज धुम्वाराही स्थित होटल अक्माको सानिमा हलमा एक कार्यक्रमको आयोजना गर्दै बिसिए संकायको घोषणा तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।


क्याम्पसका व्यबस्थापन समिती सदस्य श्याम डोटेलको सभापतित्व तथा व्यबस्थापन समितिका उपाध्यक्ष, बाग्मती प्रदेशका प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्व आईटी प्रमुख पुरुषोत्तम खरेल, निमित्त क्याम्पस प्रमुख शिव प्रसाद अधिकारी, क्याम्पस व्यबस्थापन टिम, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।


पानमा दीप प्रज्वल तथा स्व. गिरिजा प्रसाद कोइरालाको तस्विरमा माल्यार्पण गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।


यस्तै कार्यक्रममा बिसिएमा अध्ययनका लागि नव आगन्तुक विद्यार्थीहरुलाई खादाद्धारा स्वागत गरिएको थियो ।


कार्यक्रमको प्रमुख वक्ताको रुपमा रहेका काठमाडौँ विश्वविद्यालयका पूर्व आईटी प्रमुख खरेलले विसिए किन अध्ययन गर्ने ? भन्ने विषयमा विद्यार्थीहरुलाई अभिमुख गरेका थिए । विसिएमा दोश्रो वर्षबाट विद्यार्थीहरुमा गाह्रो भएको महसुस हुन सक्छ तर पनि यसमा हार नमानी अध्ययन गर्नु पर्ने जोड दिएका थिए ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै निमित्त क्याम्पस प्रमुख अधिकारीले २१औँ सताव्दीको विज्ञान र प्रविधिको युगमा सुहाउँदो शिक्षा लिन विसिए संकाय पढ्नु पर्ने बताए । तिन वर्ष अगाडी नै सम्बन्धन पाए पनि विभिन्न प्राविधिक कारणले सञ्चालन हुन पाएको थिएन यद्यपी यस वर्षबाट औपचारिक रुपमा सञ्चालन गरिएको छ । यसमा विद्यार्थीहरुलाई स्वागत गर्न पाउँदा गौरवको महसुस गरिएको बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको जिपी कोइराला मेमोरियल (सामुदायिक) क्याम्पस विद्यार्थीको रोजाइएको केन्द्र बनेको छ । करिब १० जनाबाट सुरु गरिएको यस क्याम्पसमा अहिले ३४ सय विद्यार्थीले अध्ययन गरिएको बताए ।


यस्तै कार्यक्रमका सभापती श्याम डोटेलले आफ्नो छोटो मन्तव्य राख्दै कार्यक्रमका लागि महत्वपुर्ण समय प्रदान गर्ने प्रमुख अतिथि, अतिथि तथा उपस्थित विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।


कार्यक्रमलाई क्याम्पसका प्राध्यापक डिबि बोहराले सञ्चालन गरेका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले जिपी कोइराला मेमोरियल (सामुदायिक) क्याम्पसका निमित्त क्याम्पस प्रमुख शिव अधिकारीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

तस्विरः रोभिन भट्टराई/KTMKHABAR


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा