सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

बाँकेमा एकै वडाका ६ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि, वडा कार्यालय बन्द


  • मंगलबार, बैशाख ७ २०७८
12.3K
SHARES

फाईल तस्बिर

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले अनलाइनखबरलाई जानकारी दिए ।

वडाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी छ,’ वडाध्यक्ष रिजालले भने, ‘यस्तो अवस्थामा सेवा दिन गाह्रो छ । अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने छ ।’

वडाध्यक्ष रिजालका अनुसार दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चारजनाको रिपोर्ट सोमबार राति आएको बताए । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा