सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

हठात् संसद अधिवेशन अन्त्य गर्नु सरकारको स्वेच्छाचारी प्रवृत्ति : कांग्रेस


  • मंगलबार, बैशाख ७ २०७८
14.5K
SHARES

फाईल तस्बिर

प्रमुख विपक्षी नेपाली कांग्रेसले हठात् संसद अधिवेशन अन्त्य गर्नु सरकारको स्वेच्छाचारी प्रवृत्ति भएको बताएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको भन्दै भर्त्सना गरेको छ ।

वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ’ उसले भनेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेबाट संसद अधिवेशन अन्त्य गरेकी थिइन् ।

यसैबीच केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यताको डेटा इन्ट्रीको अन्तिम मिति १५ वैशाखलाई तोकेको छ । त्सपछि इन्ट्री स्वतः बन्द हुनेछ ।

भदौमा महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसमा नविकरण भएका वा नयाँ क्रियाशील सदस्यको डेटा वेबसाइटमा इन्ट्री गर्नुपर्ने हुन्छ । पटकपटक म्याद दिँदा पनि ६ लाखबढीको मात्र डेटा इन्ट्री भएको छ । कतिपय जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नकिरण नै हुन सकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा