नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृत्तिको विरोध भएको बताउदै आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको बताएका छन ।
नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले सोमबार काठमाडौँमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केही व्यक्तिमा गलत प्रवृत्ति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूहरूको विरोध भएको बताएका हुन् ।
उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको टिप्पणी छ ।
उनले भने, ‘घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।