राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक दिउँसो दुई बजे बोलाएको छ । केन्द्रीय कार्यालय चाबहिलमा बस्ने बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपाले २५–२८ वैशाखमा महाधिवेशनको मिति तय गरेको छ । तर, सक्रिय सदस्यता र स्थानीय तहको अधिवेशन नसकिएकाले महाधिवेशनको मिति सार्नेबारे पनि बैठकमा छलफल हुँदैछ ।
राप्रपाले यसपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि पनि कमिटीबाट प्रतिनिधि चयन गर्ने गरेको थियो । सक्रिय सदस्य तीन लाख पु¥याउने राप्रपाले लक्ष्य तय गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।