शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पेलेको विश्व रेकर्ड तोड्दा मेस्सीले लगाएको बुट लिलामीमा


  • आइतबार, बैशाख ५ २०७८
20.7K
SHARES

फाइल तस्बिर

६४४ औ गोल गर्दै बार्सिलोना साथै विश्व फुटबलमा लिओनेल मेस्सीले एक नयाँ रेकर्ड बनाएको थिए साथै उक्त खेल दौरान लागएको जुत्ता लिलामीमा राखिने भएको छ ।

मार्काको अनुसार उनले लगाएको उक्त बुट लिलामीबाट उठेको रकम एक च्यारिटीका निम्ति दिइने बताइएको छ । बार्सिलोनाको जर्सीमा मेस्सीले ६४४ औ गोल गर्दै एकै क्लबबाट सबै भन्दा धेरै गोल गर्ने खेलाडीमा विश्व रेकर्ड बनाएका थिए ।

सुरुमा क्याटालन कै एक हस्पिटललाइ मेस्सीले आफुले लगाएको उक्त बुट प्रदान गरेका थिए जस पश्चात पुन उक्त बुट लिलामीमा राखी उठेको रकम स्वास्थ्य तथा एतिहासिक केन्द्र क्याटालनको हस्पिटलको च्यारिटीलाइ दिइने भएको हो ।

लिओनेल मेस्सीले लिलामीमा राखिनु पूर्व आफुले पाएको उपलब्धिबाट साना बालबालिकाहरुको स्वास्थ्यमा टेवा पुग्दा गर्ब महसुस भएको अन्तवार्तामा बताएका थिए । मेस्सीको उक्त फुटबल बुटले बोली लगाउने अधिकांशलाइ लालायित बनाउने साथै ठुलो रकम जम्मा हुने आशा गरिएको छ । एडीड्यासको १९.१ नम्बरको बुटमा मेस्सीको हस्ताक्षर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा