सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

भारतमा कोरोना संक्रमणबाट एकैदिन १५ सयभन्दा बढीको मृत्यु


  • आइतबार, बैशाख ५ २०७८
14.9K
SHARES

फाईल तस्बिर

भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेका छन् ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ६७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यस्तै उत्तर प्रदेशमा २७ हजार, कर्नाटकमा १७ हजार तथा छत्तीसगढमा १६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १८ लाख नाघेको छ ।

विश्वभर कोरोना संक्रमणबाट ३० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १४ करोडभन्दा बढी पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा