सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त


  • आइतबार, बैशाख ५ २०७८
8.9K
SHARES

फाईल तस्बिर

गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै  राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा