स्पेनिस कोपा डेल रेको उपाधिका लागि सर्वाधिक धेरै ३० पटकको विजेता टोली बार्सिलोनाले एथ्लेटिक बिल्बाओको सामना गर्दै छ ।
आज नेपाली समयानुसार राति १ः१५ बजे हुने फाइनल खेल सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा हुनेछ ।बार्सिलोना र एथ्लेटिकले पुनः एक पटक फाइनल खेल खेल्दै छ । यसअघि बार्सिलोना र एथ्लेटिकले सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै उपाधि उचालेको थियो । सोही हारको बदला लिने दाउमा बार्सिलोना रहनेछ ।
बिल्बाओले लेभान्टेमाथि समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाले भने सेभिल्लालाई समग्रमा ३–२ गोलको जित निकाल्दै उपाधि नजिक पुगेको हो।
यस खेलमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी आफ्नो रेकर्ड कायमै राख्ने दाउमा हुनेछन् । एथ्लेटिकविरुद्ध तीन फाइनल खेल खेल्दा मेस्सीले चार गोल र एक असिस्ट गरेका छन् । यो एथ्लेटिकविरुद्ध अरू खेलाडीको भन्दा धेरै हो ।यसैगरी, मेस्सीले सबै प्रतियोगिता गरी एथ्लेटिकविरुद्ध जम्मा ४० खेल खेलेका छन्, जसमा उनले २६ गोल र ७ असिस्ट गरेका छन् । यो कोपा डेल रेमा अरू क्लबभन्दा बढी हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।