४ वैशाख, काठमाडौं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि शुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा अहिले घरेलु टिम नेपाल र नेदरल्याण्ड्स खेलिरहेका छन् ।
कोरोना महामारीको दोस्रो लहर शुरु भएपनि नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।सरकारले कोरोना संक्रमण बढी देखिएका १४ जिल्लामा भिडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेपनि नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको टी–२० सिरिजको खेल हेर्न हजारौंको संख्यामा दर्शकहरु मैदानमै पुगेका हुन् ।
खेलको १६ ओभर सकिँदा नेदरल्याण्ड्सको ३ विकेट लिइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।