नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकारले जनाएका छन ।
संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिए मात्र जाने अडान लिएको बुझिएको छ । बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिस्कार गर्ने भएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।