सोमबार, कार्तिक १७ २०८३
ताजा अपडेट

नेपालको संसदीय अभ्यासमा पहिलो घटना, कर्णालीमा फ्लोर क्रस !


  • शुक्रबार, बैशाख ३ २०७८
7.3K
SHARES

फाईल तस्बिर

संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो ।

नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

विश्लेषकहरुका अनुसार ‘फ्लोर क्रस’ का घटना संसदीय प्रणालीको लागि सुखद होइन, एमाले माथिदेखि तलसम्म विभाजित भएकाले यो घटना अनपेक्षित भने मानिएको छैन । किनकी एमालेभित्र अहिले एउटा समूहले अर्कोलाई निषेध र निश्कासन गर्ने क्रम जारी छ ।

माधवकुमार नेपाल समूह केन्द्रदेखि प्रदेशसम्म समानान्तर रुपमा पार्टी सञ्चालन गरिरहेको छ र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहले गर्ने कुनै पनि निर्णयमा सहभागी भइरहेको छैन ।

तर त्यो राजनीतिक दलको आन्तरिक मामिला हो । संसदीय व्यवस्थामा सम्बन्धित दलले ह्वीप जारी गरेको अवस्थामा पनि ‘फ्लोर क्रस’ हुनुलाई सामान्य मानिँदैन । यसले कुनै न कुनै रुपमा संसदीय व्यवस्थालाई अवमूल्यन गर्छ भन्ने मान्यता राख्छन् विश्लेषकहरु ।

फ्लोर क्रसको स्पष्ट सन्देश ती सांसद उसको दलसँग चरम रुपमा असन्तुष्ट छन् भन्ने हो । यति मात्र होइन, यसलाई आफ्नो दल छोडेर अर्काे दलमा गएको रुपमा समेत बुझ्ने गरिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा