प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् । शनिबार बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कोरोना भाइरसको महामारी तथा समयसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको थापाले बताए । संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सबै दलसँग छलफल गर्न लागिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि यही सिलसिलामा फोन गरिएको सल्लाहकार थापाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।