परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध कमजोर बनाउने षडयन्त्र बेला बेला हुने गरेको बताएका छन् ।
नेपाल भारत मैत्री संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सनसनीपूर्ण गलत अपुष्ट सूचना संप्रेषण गरेर नेपाल–भारत सम्बन्धलाई प्रदूषित गर्ने प्रत्यन्त भएको समेत बताए ।
सरकार नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बनाउँदै अघि बढाउन प्रतिवद्ध रहेको धारणा राखे । मन्त्री ज्ञवालीले नेपाल भारतसंगको मित्रतालाई उच्च महत्व दिने र आर्थिक सामाजिक साझेदारीमार्फत सम्बन्धलाई परिणाममूखि बनाउन चाहनेको जिकिर गरे । नेपाल–भारतबीच असल सम्बन्ध र समझदारी बाहेक अर्को विकल्प नरहेको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।