प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताएका छन् ।
‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ’ प्रधानमन्त्री ओलीले भने ।
त्यसो त यो सरकारले एक वर्षमा विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्र विकास गरेको प्रधानमन्त्री ओलीले बताए । ‘एक वर्षमा सगरमाथाको उचाइ नापिएको छ । यहीँ एक वर्षमा डिजिटल स्वाइल म्यापिङ्ग सिस्टमको शुरुवात भएको छ । सोही एक वर्षमा डिजिटल ल्याण्ड म्यापिङ्ग सिस्टमको समेत विकास भएको छ भने, यो सरकारले गरेका उपलब्धीका कामहरु यी सूचकहरु हेरे पुग्दैन र ?’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मुलुकको तीव्र विकाससँगै प्रविधिको प्रयोगमा समेत निकै अघि बढिसकेको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।