२५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो ।
सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।