मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

राजनीतिक नेतृत्वको चिन्तन र कार्यशैली परिवर्तन हुन सकेन : मन्त्री रायमाझी


  • बिहिबार, बैशाख २ २०७८
12K
SHARES

फाईल तस्बिर

उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू अझै कायमै रहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा अखिल छैठौंले आयोजना गरेको नेपालको बिद्यार्थी आन्दोलन र अखिल छैठौंको इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा रायमाझीले देशमा व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका हुन् ।

उनले परम्परागत व्यवस्थाकाविरुद्ध हतियारले नभइ राजनीति मुद्दाका आधारमा लड्नुपर्ने बताए । राजनीतिक क्रान्तिपछि मुलुकको विकास र समृद्धिको क्रान्तिमा अघि बढ्नुपर्ने उनले धारणा राखे ।

जनताको मन जितेर संविधानमा उल्लेख समाजवादमा पुग्ने लक्ष्यलाई भेट्नुपर्ने उहाको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा