मंगलबार, कार्तिक १८ २०८३
ताजा अपडेट

मदिरा सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा भक्तपुरमा एकको मृत्यु


  • बिहिबार, बैशाख २ २०७८
15.1K
SHARES

फाईल तस्बिर

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा अर्का एक घाइते छन्।

बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकनजिक दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार धुलिखेल नगरपालिका-१० का ३२ वर्षीय महेश शाहको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँ बस्ने चालक २२ वर्षीय महेन्द्र शाह घाइते छन्। उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा