आज नेपालीहरुको बिषेस दिन पुरानो बर्ष सकिएर नया बर्षको सुरुवात भएको दिन हो । आज नेपालीहरुले बितेका कुराहरुको मुल्यांकन गर्दै नया कुराको थालनि गर्ने अठोट लिएर नया योजनाको तर्जुमा गर्दै नया बर्षलाई हर्ष तथा उल्लासले मनाउने गर्दछन । नया दिन संगै नया ठाउको भ्रमण गर्ने मन्दीर जाने लगाएत शुभकामको थालनि गर्ने परिवारमा खुसी साटासाट गरेर आजको दिन लाई नेपालीहरुले मनाउने गर्दछन ।
आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको दिन हो। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन पनि हो, नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्ने मिठो मसिनो खाने अनि खुसि साटासाट गरेर नया बर्ष मनाउने गरिन्छ ।
पहिलेको वर्ष गरेकोे कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि यो नया साललाई लिने गरिन्छ ।
सौराहा, धुलिखेल, नगरकोट,पशुपत क्षेत्र लगायतका स्थानमा नयाँ वर्ष मनाउन अर्थात नया बर्षको सुरुवात गर्न सर्बसाधारणको उस्थिति बक्लै छ । पोहोरसाल लकडाउनले थलिएका नेपाली नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।
यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरे संगै योपटक नया ठाउ तथा मठ मन्दीरमा सर्बसाधारणको उपस्थिति भएको हो ।
यो नया बर्षले सबैमा खुसी र हर्ष बढेर जावस,यो बर्ष जोस जागरले भरिपुर्ण होस,कोरोनाको कहरले छोडेर जावस केटीएम खवर परिवार सबै नेपाली हरुमा नयाबर्षको अबसरमा शुभकामना ब्यक्त गर्दछौ ।