ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं माओवादी केन्द्रबाट नेकपा एमालेका प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादीको हैसियत हराएको बताएका छन ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारीले राखेको पत्रकार सम्मेलन मन्त्री रायमाझीले २०६४ मा भएको चुनावमा पहिलो पार्टी भए पनि त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले उचित नेतृत्व गर्न नसक्दा नेकपामा माओवादी गुमनाम हुने अवस्थामा पुगेको बताउनुभयो । गुमनाम हुने अवस्थामा रहेको पार्टीको नाम फेर्न लाएर दाहालले मोहनविक्रमै लाईन समातेको आरोप लगाए ।
मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताए । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गरे ।
मन्त्री रायमाझीले माओवादी केन्द्रका अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै नयाँ सरकार बनाउन अन्य दलसँग सहमति र सहकार्य नभएको जिकिर गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।