नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनमा सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।
पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमबार निधन भएको थियो।
उनको निधनमा सभापति देउवाले गहिरो दु:ख व्यक्त गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
‘मेरा मित्र रामचन्द्र पौडेलजीका भाइ चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखीत भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकाकुल परिवारमा पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।