बुधबार, कार्तिक १९ २०८३
ताजा अपडेट

मै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दै संसद् विघटन गर्ने दाउपेच बुन्दै छन् : सांसद इन्दुकुमारी


  • सोमबार, चैत्र ३० २०७७
10.5K
SHARES

फाईल तस्बिर

संसद बैठकमा सत्तारूढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले संसदमै कविता वाचन गरेर सरकारको प्रश‍ंसा र प्रतिपक्ष दलको आलोचना गरेका थिए।

यस्तै सोमबार बसेको संसद बैठकमा बस्नेतलाई काउन्टर दिँदै सांसद इन्दुकुमारी शर्माले कवितामै जवाफ फर्काइन्। शर्माको कविता यस्तो छ।

जनताको दुई तिहाइको भोटले सरकार बनाए
सनको भरमा संसद् विघटन गराए

मै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दै संसद् विघटन गर्ने दाउपेच बुन्दै छन्
संसद् विघटन गर्ने ठीक हो भन्नेहरू,
लाभको पद कहिले पाइन्छ भन्दै दिन गन्‍नेहरू

सर्वोच्चले संसद् विघटनको निर्णय उल्टाइदिएको छ
संविधान र कानुनका पानाहरू पल्टाइदिएको छ

बुझेर पनि बुझ पचाएका छन‍्
जनतालाई सित्तैमा सताएका छन्।

नैतिकता खडेरी परेको छ
इमान धर्म मरेको छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा